चेल्सी लिड्स युनाइटेडसँग ३–० ले पराजित, ब्राइटनले वेस्ट ह्यामलाई हरायो

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा चेल्सी लिड्स युनाइटेडसँग फराकिलो अन्तरले पराजित भएको छ ।

इल्यान्ड रोड स्टेडियममा सकिएको खेलमा चेल्सी लिड्ससँग तीन–शून्यले पराजित भएको हो । लिड्सको जितमा ब्रेन्डेन आरोनसनले खेलको ३३ औँ मिनेटमा, रोड्रिगो मोरेनोले ३७ औँ र ज्याक ह्यारिसनले ६९ औँ मिनेटमा गोल गरे । यो हारसँगै चेल्सी अङ्क तालिकाको १२ औँ स्थानमा झरेको छ । लिड्स भने तीन खेलमा सात अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

अर्को खेलमा ब्राइटनले वेस्ट ह्यामलाई दुई–शून्यले हराएको छ । ब्राइटनको जितमा एलेक्सिस म्याक एलिस्टरले खेलको २२ औँ र लिएन्द्रो ट्रोसाडले ६६ औँ मिनेटमा गोल गरे । यो जितसँगै ब्राइटन चौथो स्थानमा उक्लिएको छ भने वेस्ट ह्याम पुछारमा पुगेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation