सोमबार राति भएको खेलमा म्यानचेष्टरको जित

काठमाडौं ।

प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले लिभरपुललाई २–१ ले पराजित गरेको छ । लगातार दुई हारपछि यस सिजन युनाइटेडको यो पहिलो जित हो ।
यस्तै नयाँ प्रशिक्षक एरिक टेन हागले पनि लिगमा पहिलो जितको स्वाद लिएका छन् ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका लागि जाडोन सान्चोले १६औं र मार्कुस रासफोर्डले ५३औं मिनेटमा गोल गरे । लिभरपुलका लागि मोहमद सलाहले ८१औं मिनेटमा एक गोल फर्काए ।

पहिलो जितपटि तीन खेलबाट ३ अंक जोडेर युनाइटेड पूछारको स्थान छाड्दै १४औं स्थानमा उक्लेको छ । लिभरपुल भने अझै जितविहिन छ । यसअघि दुई खेल बराबरी खेलेको लिभरपुल तीन खेलबाट २ अंकसहित १६औं स्थानमा छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation