दोस्रो टी–२० मा नेपाल केन्यासँग १८ रनले पराजित

काठमाडौं । केन्या विरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १८ रनले पराजित भएको छ ।
शुक्रबार भएको खेलमा घरेलु टोली केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा ११४ रनमै अलआउट भयो । पहिलो खेल हारेको केन्याले दोस्रो खेलमा जित निकाल्दै पाँच खेलको शृंखला १–१ को बराबरी गरेको छ ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाए । रोहित पौडेल र आदिल आलमले २०–२० र पवन सर्राफले १९ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको ब्याटिङ सुरुवात फेरि एक पटक राम्रो हुन सकेन । ओपनर आसिफ शेख तेस्रो र ज्ञानेन्द्र मल्ल चौथो ओभरमा आउट भएपछि नेपालले ११ रनमै २ विकेट गुमाएको थियो । त्यसपछि पवन र रोहितले इनिङ्सलाई अघि बढाए ।

तर नेपालले नवौँदेखि ११औं ओभरमा सम्म लगातार तीन विकेट गुमायो । पवन नवौं ओभरमा, दीपेन्द्र सिंह ऐरी ९३ रन० दशौँ ओभरमा र रोहित ११औं ओभरमा आउट भएपछि नेपाल ५९–५ को स्थितीमा पुगेको थियो ।

त्यसपछि आरिफ शेखले आदिल बलमले नेपालको इनिङ्सलाई आक्रमक रुपमा अघि बढाएका थिए । तर आदिल १६औं ओभरमा २० रन बनाएर आउट भए आरिफ शेख १७औं ओभरमा रनआउट भए भने करण केसी अर्को ओभरमा ठुलो सट हान्ने चक्करमा आउट भए ।

कप्तान सन्दीप लामिछाने ८ रन बनाएर १९ औं ओभरमा आउट भए ।

केन्याका एमाननुएल बुण्डी, लुकास ओलुच र भिराज पटेलले २(२ विकेट लिए ।

त्यसअघि नैरोवीस्थित जिमखान क्रिकेट मैदान नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गरेको केन्याले ९ विकेट गुमाएर १३२ रन बनाएको हो । केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन बनाए भने नेहेमिह ओडिएम्बोले ३१, इर्फान २२ रन बनाए ।

सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए । यस्तै करण केसीले २ तथा पवन सर्राफले १ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले एक नटआउट गराएका थिए । पहिलो टी२० मा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation