साफ महिलाः भुटानलाई हराउँदै बंगलादेश फाइनलमा

काठमाडौं । भुटानलाई ८–० को फराकिलो अन्तरले हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ ।

बंगलादेश २०१६ पछि पहिलो पटक फाइनल प्रवेश गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा ४–० को अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा ४ गोल थप्दै भुटानमाथि फराकिलो जित दर्ता गरेको हो ।

बंगलादेशलाई फाइनल पुर्‍याउन कप्तान सबिना खातुनले प्रतियोगिताको दोस्रो ह्याट्रिक गरिन् ।

बंगलादेशसँगको यो हारसँगै पहिलो पटक सेमिफाइनल पुगेको भुटान सेमिफाइनलबाटै बाहिरिएको छ ।

दशरथ रंगशालामा हुने दोश्रो सेमिफाइनलमा साँझ ५ः३० बजे नेपालले भारतसित खेल्ने छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation