छत्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पोखरेल सम्मानित

गुल्मी। नेपालको संविधान २०७२ जारी भएको आज ७वर्ष पूरा भई ८ वर्षमा प्रवेश गरेको छ। सरकारको निर्देशन अनुसार हिजो ,आज र भोलि गरि ३ दिन सम्म विधिवत रुपमा संविधान दिवस मनाउन आग्रह गरिएको छ। जस अनुसार आज सरकारले सार्वजनिक विदा समेत दिएको थियो।

आज संविधान दिवसको मुख्य दिन देशै भर विविध कार्यक्रमहरुको आयोजना गरि संविधान दिव मनाईएको छ। संबिधान दिवसको अवसरमा आयोजित बिशेष समारोहका बिच गुल्मीको छत्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेल सम्मानित हुनु भएको छ ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ ज्यूबाट पोखरेल सम्मानित हुनु भएको हो। स्वास्थ्य शाखा प्रमुख पोखरेलले छत्रकोट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट नतिजा देखिने गरि कार्यसम्पादनमा आफुलाई अब्बल सावित गराउनु भएको थियो। उहाँको सोही कार्यकुशलता, भुमिका र योगदानको उच्च कदर गर्दै उहाँलाई सम्मान गरिएको हो।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation