शाङ्गाई सहयोग संगठन (SCO) 2022 वार्षिक शिखर सम्मेलन सम्पन्न

शाङ्गाई सहयोग संगठन (SCO)  राज्य प्रमुखहरूको 2022 वार्षिक शिखर सम्मेलन सेप्टेम्बर 15-16 मा समरकन्द, उज्बेकिस्तानमा सम्पन्न भएको छ। उज्बेकिस्तानले सेप्टेम्बर १७, २०२१ मा ताजिकिस्तानबाट संगठनको अध्यक्षता लिएको थियो।

रुसी समाचार एजेन्सी टासका अनुसार उज्बेकिस्तानका राष्ट्रपति शाभकत मिर्जियोयेभले अध्यक्षताको प्राथमिकता र कार्यहरूको रूपरेखा प्रस्तुत गरेका थिए। यसमा संगठनको क्षमता र अधिकार बढाउने प्रयास, क्षेत्रमा शान्ति र स्थिरता सुनिश्चित गर्ने, गरिबी घटाउने र खाद्य सुरक्षा सुनिश्चित गर्ने प्रयासहरू समावेश छन्। यसबाहेक, उनले अन्तरक्षेत्रीय व्यापारको विकासको लागि एक योजना बनाउन आग्रह गरे, जसमा व्यापार अवरोधहरू हटाउन, प्राविधिक नियमहरू पङ्क्तिबद्ध गर्ने र भन्सार प्रक्रियाहरू डिजिटलाइज गर्ने उपायहरू समावेश हुनेछन्।

भेटवार्ताको एक भागको रूपमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुभयो। भेटको क्रममा पुटिनले युक्रेनमा रुसको आक्रमणलाई लिएर चिनियाँ पक्षसँग “चिन्ता र प्रश्नहरू” रहेको स्वीकार गर्नुभयो। पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नुभयो। भेटमा मोदीले “आजको युग युद्धको होइन” भन्नुभयो। साथै दुई देश बीचको साझा हितलाई पनि प्राथमिकता दिनुभयो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपतिसँग भेट गनुभयो तर चीन र पाकिस्तानसँग कुनै वार्ता गर्नुभएन।

इरानले औपचारिक रूपमा एससीओलाई पूर्ण सदस्य राष्ट्रको रूपमा सामेल हुनको लागि आफ्नो आवेदन पेश गर्‍यो, जुन एक वर्ष भित्र प्रभावकारी हुने अपेक्षा गरिएको छ। साथै टर्कियले पनि भविष्यमा सामेल हुने आफ्नो मनसाय राखेको छ। चिनियाँ राष्ट्रपति सीले आफ्नो देशले एससीओको अध्यक्ष बनेको भारतलाई बधाई दिएको विज्ञप्ति जारी गर्नुभयो, ‘अर्को वर्ष शिखर सम्मेलन आयोजना गर्न भारतलाई सहयोग गर्नेछौं,’ लेखिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि आगामी वर्ष राष्ट्रपतिको कार्यभार सम्हालेकोमा भारतलाई बधाई सन्देश दिनभएको छ ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation