साबा महिला बास्केटबलमा नेपालले श्रीलङ्कालाई हरायो

काठमाण्डौ । माल्दिभ्समा चलिरहेको साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ।

मालेमा गएराति भएको खेलमा श्रीलङ्कालाई हराउँदै नेपालले पहिलो जित निकालेको हो।

नेपालले श्रीलङ्कामाथि ५५–४९ को जित निकालेको हो । यसअघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो । अब नेपालले तेस्रो तथा अन्तिम खेलमा आज भुटानसँग खेल्नेछ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation