टी–२० विश्व कप वेस्ट इन्डिजले जिम्बावेलाई हरायो

आईसीसी टी–२० विश्व कपमा वेस्ट इन्डिजले जिम्बावेलाई हराएको छ । होबार्टमा भएको खेलमा वेस्ट इन्डिजले जिम्बावेलाई ३१ रनले हरायो ।

वेस्ट इन्डिजले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको जिम्बावे १८ ओभर २ बलमा एक सय २२ रनमै अलआउट भयो । उसका लुक जोङ्वीले २९ र वेसले माधेभिरेले २७ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका अलजारी जोसेफले चार र जेसन होलडरले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनाए । उसका जोनसन चाल्र्सले ४५ र रोभम्यान पोवेलले २८ रन बनाए । बलिङतर्फ जिम्बावेका सिकन्दर राजाले तीन विकेट लिए ।

यो जितसँगै वेस्ट इन्डिज दुई अङ्कसहित तेस्रो स्थानमा उक्लिएको छ । स्कटल्यान्ड शीर्ष स्थानमा रहँदा जिम्बावे दोस्रो र आयरल्यान्ड चौथो स्थानमा छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation