कपिलवस्तु । हिन्दु धर्म रक्षा परिसदले बाणगंगाको ४ नम्बरमा वडा कमिटी गठन गरेको छ। परिषदका नगर अध्यक्ष चिन्तामणी घिमिरेको अध्यक्षता संस्थाकी उपाध्यक्ष बालकुमारी पन्थ अधिकारीको सन्चालन, जिल्ला अध्यक्ष ज्यो. मनोज भुसाल, केन्द्रिय सदस्य ऋषिकेशब भारद्द्वाज, राजु पौडेल उपाध्याय लगायतको उपस्थिति मा वडा कमिटि गठन गरेको हो ,
कार्यक्रममा उपस्थित भेलाले शंकर पौडेलको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी बनाएको छ। जसको उपाध्यक्षमा कृष्ण प्रसाद घिमिरे, महिला उपाध्यक्ष सीता न्यौपाने , सचिब राम बहादुर पन्थ, सह सचिब शुस्मा खाँड, कोषाध्यक्ष खिल प्रसाद शर्मा, सदस्यहरुमा सोनि थारु, नाथु थारु, लक्ष्मी गोदार, प्रदिप बेल्बासे, चन्द्र बहादुर मल्ल, दयाराम थारु, राम प्रसाद गैरे, दिनेश घिमिरे , गिता पोख्रेल सहितको कार्यसमिति गठन गरिएको छ।
वडाका भद्र भलादमी लगायत वडाका बिद्द्वान तथा बिशिस्ट ब्याक्तित्वहरुको उपस्तिथि कार्यक्रम बाणगङ्गा नगरपालिका वडा नं. १ बुङ्ग्चीमा रहेको दुर्गा मन्दिर परिसरमा सम्पन्न भएको हो। संस्थाले हरेक वडा र टोल टोलमा समिति गठन गरि गौ संरक्षणमा लाग्ने अभियान चलाएको छ ।