जिम्बावेले पाकिस्तानलाई हरायो

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा जिम्बावेले पाकिस्तानलाई हराएको छ । पर्थमा बिहीबार भएको खेलमा जिम्बावेले पाकिस्तानलाई १ रनले हराएको हो ।

जिम्बावेले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ४४ रन बनाए ।

मोहमद नवाजले २२ तथा शादब खानले १७ रन जोडे । मोहमद रिजवान १४ र मोहमद वासिमले १२ रन बनाए । जिम्बावेका सिकन्दर राजाले ३ तथा ब्राड इभान्सले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभार्मना ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । जिम्बावेका लागि सिन विलियम्सले ३१ तथा क्रेग इर्भिन्सले १९ रन बनाए । ब्राड इभान्सले १९ रन जोड्दा वेस्ले माधिभिरेले १७ रन जोडे ।

पाकिस्तानका मोहमद वासिमले ४ तथा शादब खानले ३ विकेट लिए । जितसँगै जिम्बावेले २ खेलमा ३ अंक जोडेको छ । समूह १ को जिम्बावे तेस्रो स्थानमा रहेको छ । पाकिस्तानको यो लगातार दोस्रो हार हो । पाकिस्तान पाँचौं स्थानमा रहेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation