
काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक चरणमा भुटानी क्लब पारो एफसीविरुद्ध मछिन्द्र एफसीले पहिलो हाफमा ३–१ को अग्रता लिएको छ ।
खेलको सातौं मिनेटमा नै पारोले अग्रता बनाएको भए पनि मछिन्द्रले खेलमा फर्किँदै लगातार २ गोल गरेको छ । ७औं मिनेटमा पारोका काजुओ होम्माले प्रहार गरेको बल गोलकिपर विशाल श्रेष्ठलाई लाग्दै गोल भएको थियो ।
तर त्यसको ५ मिनेटपछि नै विमल घर्ती मगरले बराबरी गोल फर्काए । एरिक विष्टको छोटो कर्नर पास र आयुष घलानको क्रसमा विमलले हेडमार्फत गोल गरेका थिए । त्यसपछि १५ औं मिनेटमा घलानले नै गोल गरेर मछिन्द्रलाई अग्रता दिलाएका हुन् ।












