महिला विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा, कसले कोसँग खेल्दैछन् ?

काठमाण्डौ । फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । आज मङ्गलवार भएको राउन्ड अफ–१६ को अन्तिम खेलमा फ्रान्सले मोरक्कोलाई हराउँदा क्वाटरफाइनल पुग्ने ८ वटै टिमको टुङ्गो लागेको हो । यो खेलमा फ्रान्सले मोरक्कोलाई ४–० गोलले हरायो ।

क्वाटरफाइनल खेल आउँदो शुक्रवारदेखि शुरु हुनेछ । क्वाटरफाइनलको पहिलो खेलमा शुक्रवार बिहान पौने ७ बजे स्पेन र नेदरल्यान्ड्सबीच खेल हुनेछ । त्यही दिन दोस्रो खेलमा दिउँसो सवा १ बजे जापान र स्विडेन खेल्नेछन् ।यस्तै शनिवार पहिलो खेलमा दिउँसो पौने १ बजे अस्ट्रेलिया र फ्रान्सबीच खेल हुनेछ । त्यही दिन दोस्रो खेलमा सवा ४ बजे इङ्ग्ल्यान्ड र कोलम्बियाबीच खेल हुनेछ ।

नवौँ संस्करणको महिला विश्वकप यसपालि अस्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेको छ । फाइनल खेल अगस्ट २० मा स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation