पीएसजीको जितमा नेयमार नायक

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई १–० गोल अन्तरले हराएको हो ।

पीएसजीको जितमा नेयमारले निर्णायक गोल गरे । उनले खेलको ३० औं मिनेटमा लियोनल मेस्सीको पासमा गोल गरेका हुन् ।

यस जितसँगै पीएसजीले ७ खेलमा १९ अंक जोडेको छ ।

पीएसजी शीर्ष स्थानमा उक्लिएको छ ।

ब्रेस्ट ५ अंक जोडेर १७ औं स्थानमा रहेको छ

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation