आयोजक ‘ए’ टिमलाई २–१ ले हराउदै सेरुवा क्लब अघिल्लो चरणमा

सैनामैना । आयोजक ‘ए’ टिमलाई २–१ गोलले हराउदै सेरुवा युवा क्लब अघिल्लो चरणमा प्रबेश
गरेको छ । कोटियामाई युवा क्लब सैनामैना ५ बक्सडद्वारा आयोजित प्रथम कोटियामाई खुल्ला फुटबल प्रतियोगितामा आयोजक ‘ए’ टिमलाई २–१ गोलले हराउदै सेरुवा युवा क्लब अघिल्लो चरणमा प्रबेश गरेको हो ।

उक्त आयोजक टिम र सेरुवा युवा क्लब बिचको सो खेल निकै रोमाञ्चक रुपमा अगाडी बढेको थियो । आयोजक ‘ए’ टिमका विरुद्धमा सेरुवा युवा क्लबका अभिषेक धिमाल र निशान मगरले पहिलो हाप मै गोल गर्न सफल भएका थिए । निर्धारित समयमा आयोजक ‘ए’ ले १ गोल मात्र गर्न सक्दा जित सेरुवा युवा क्लबको पोल्टामा आएको हो ।

May be an image of 5 people, people standing and outdoors

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation