टी–२० विश्व कप: अस्ट्रेलियाले श्रीलङ्कालाई हरायो

काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेट सुपर १२ अन्तर्गत समूह एु को खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई हराएको छ । आज मङ्गलवार पर्थमा भएको खेलमा अस्ट्रेलियाले श्रीलङ्कालाई सात विकेटले हरायो ।

श्रीलङ्काले दिएको एक सय ५८ रनको लक्ष्य अस्ट्रेलियाले १६ ओभर ३ बलमा तीन विकेट गुमाएर भेटायो । उसका मार्कस स्टोइनिसले १८ बलमा नटआउट ५९ र ग्लेन म्याक्सवेलले २३ रन बनाए । बलिङतर्फ धनन्जय डि सिल्भा, चमिका करुनारत्ने र महेश थिकसनाले एकरएक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलङ्काले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ५७ रन बनायो । उसका पथुम निसन्काले ४० र चरिथ असलङ्काले नटआउट ३८ रन बनाए । बलिङतर्फ जोश हेजलवुड, प्याट कमिन्स, याशटन अगर, मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले एकरएक विकेट लिए ।

यो जितसँगै अस्ट्रेलिया अङ्क तालिकाको चौथौ स्थानमा उक्लिएको छ भने श्रीलङ्का तेस्रो स्थानमा छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation