दक्षिण अफ्रीकाले बंगलादेशलाई १ सय ४ रनले हरायो

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले जित निकालेको छ । सिड्नीमा बिहीबार भएको खेलमा दक्षिण अफ्रीकाले बंगलादेशलाई १ सय ४ रनले हराएको हो ।

दक्षिण अफ्रीकाले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको बंगलादेश १६ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो ।बंगलादेशका लिटोन दासले सर्वाधिक ३४ रन जोडे । सौम्य सरकारले १५ तथा मेहदी हसन मिराजले ११ र तास्किन अहमेदले १० रन बनाए ।

दक्षिण अफ्रीकाका एन्रीच नोर्कियाले ४ विकेट लिए । ताब्रेज शम्सीले ३ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन जोडेको थियो । दक्षिण अफ्रीकाका रिली रस्सोले १ सय ९ रनको शतकीय इनीङ खेले ।
क्विन्टन डी ककले ६३ रनको अर्धशतकीय इनीङ खेले । बंगलादेशका शकिब अल हसनले २ विकेट लिए । जितसँगै समूह २ को दक्षिण अफ्रीकाले २ खेलमा ३ अंक जोडेको छ । दक्षिण अफ्रीका समूहको शीर्ष स्थानमा रहेको छ । बंगलादेश २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation