जापानले जर्मनीलाई २–१ गोलले हराएयो

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा जर्मनीमाथि जापानले सानदार जित निकालेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २–१ गोल अन्तरले हराएको हो ।

एसियाली पावर हाउस जापानले चार पटकको च्याम्पियनमाथि पुनरागमन गर्दै उत्कृष्ट जित निकालेको हो । खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १–० को अग्रता दिलाएका थिए । जापानी गोलकिपर शुइची गोन्डाले जर्मनीका डिफेन्डर डेभिडलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो । जसमा गुन्डोगानले सहजै गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा जर्मनीका काइ हार्भट्जले गोल गरेका थिए । तर, भीएआरले उनको गोललाई अफसाइड देखाएको थियो । दोसो हाफमा जापानले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ७५ औं मिनेटमा सब्सिच्युडको रुपमा मैदान प्रवेश गरेका रित्सु डोनले गोल गर्दै जापानलाई १–१ गोलको बराबरीमा ल्याए । मैदान प्रवेश गरेको चार मिनेटमै उनले गोल गरेका हुन् ।

त्यसपछि खेलको ८३ औं ताकुमा असानोले गोल गर्दै जापानलाई २–१ को जित दिलाए । जितसँगै जापानले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । जापान समूह ई को शीर्ष स्थानमा रहेको छ । जर्मनी पुछारमा रहेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation