इमर्जिङ टिप्समा छनोट हुन नेपाल र हङकङ बीच आज प्रतिष्पर्धा हुँदै

बुटवल । नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि आज हङकङसँग प्रतिष्पर्धा गर्दै छ । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो भने हङकङ घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

फाइनल पुगेको ओमान र यूएईले भने एसिया कपमा पुग्नको लागि भोली आइतबार प्रतिष्पर्धा गर्ने छन् । त्यसअघि पहिलो सेमिफाइनल नेपाललाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
प्रिमियर कपको तेस्रो हुने टोलीले इमर्जिङ टिम्स एसिया कप खेल्नेछ । त्यसका लागि नेपालले हङकङको चुनौती समाप्त पार्नुपर्ने हुन्छ । इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीको सहभागिता रहनेछ ।

प्रिमियर कपको एकै समूहबाट नेपाल विजेता र हङकङ उपविजेताका रुपमा सेमिफाइनल पुगेका थिए । समूह चरणमा नेपालले हङकङलाई ८ विकेटले हराएको थियो ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation