MNH सम्वन्धि ३ दिने तालिम सम्पन्न

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित प्रसुती केन्द्रमा कार्यरत नर्सिङ कर्मचारीहरुलाई MNH
सम्बन्धी ३ दिने स्थलगत अनुशिक्षण तालिम सम्पन्न भएको छ ।

माघ १४ गते देखि १६ गते सम्म खर्ज्याङ स्वास्थ्य चौकी र माघ १७ देखि १९ गते सम्म श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको तालिम विहिवार सम्पन्न भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले बताउनु भयो।तालिमको सहजीकरण जिल्ला अस्पतालका किल्निकल मेनटोर आशा बुढाथोकी र मुना थापाले गर्नु भएको थियो । समय अनुकुल परिवर्तन भएको ज्ञान र प्रविधिका बारेमा जानकारी गराई सिपमा दक्ष बनाउने उद्धेश्यले स्थलगत रुपमा खर्ज्याङ्ग, हुँगा, पल्लिकोट, दौघा, हर्दिनेटा स्वास्थ्य चौकी र श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रका १५ जना नर्सिङ स्वास्थ्यकर्मीलाई यो तालिम प्रदान गरिएको हो।

कार्यक्रमको समापनशत्रमा छत्रकोट ५ का वडाध्यक्ष रामप्रसाद कंडेल र छत्रकोट ४ का वडाध्यक्ष गुणाकर ज्ञवालीको उपस्थितिमा ब्रथिङ्ग सेन्टरको गुणस्तर बढाउने बारे कार्ययोजना समेत तयार गरिएको छ ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation