दाजुलाई सम्झी बाटो हेरि रुँदै होलिन्,बैनी

उपकार अनलाइन, रुपन्देही ।
गजल
यो बर्षुनि मेरो तिहार भएर गयो फिका ।
दिदिबैनी सम्झिएर झर्दैछ आँसुको ढिका ।।

आज टिपेर मखमली माला पो उन्दै छौ कि ?
आइन म फर्कीएर लगाइदिनू फोटोमा टीका ।।

दाजुलाई सम्झी बाटो हेरि रुँदै होलिन्,बैनी ।
उन्दैछिन् कि सजाई तिनै माला थरीथरीका ।।

बिगत सम्झी बिताइ रहे म परदेशमा जीवन ।
याद आउँछ उ बेलाका कुरा नानाभातिका ।।

आफ्नो भन्दा पनि परिवारलाइ सोच्दैछु आज ।
तिहार आउँदा माग्छन् नयाँ लुगा बालबालिका ।।

श्यामकुमार क्षेत्री (मुस्कान)
नौबहिनी गा पा ८ बल्लेखोला पुल्चोक प्यूठान
हाल, कार्यरत भारत

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation