
अर्घाखाँची। अर्घाखाँचीको शितगंगा नगरपालिकाकामा ३ दिन देखि जारी पाँचौँ रास्ट्रपति रनिङ्ग शिल्डको उपाधि लगातार दोस्रो पटक सरस्वती मा.वि. सितापुरले जितेको छ । विभिन्न बिधामा ५ गोल्ड मेडल,६ रजत साथै २ कास्य हात पार्दै सरस्वती माबिले दोस्रो पटक रनिङ शिल्ड जित्न सफल भएको हो । यस्तै गौरा मा.वि. द्धितिय, पावर मा.वि तृतिय र प्रभाकर मा.वि. सान्तवना भएका छन् ।
समापन कार्यक्रममा शिक्षा प्रमुख बिनोद पोख्रेलको अध्यक्षतामा शितगङ्गा नगरपालिका प्रमुख छबिलाल पौडेलको प्रमुख आतिथ्यता, बिशिस्ट अतिथी नगर उप–प्रमुख गिता भाट लगायत विभिन्न वाडका अध्यक्षहरु, संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न खेलमा बिजेता खेलाडी तथा बिधालयलाई पुरस्कार र,मेडल तथा प्रमाणपत्र नगर प्रमुख र उप प्रमुख तथा कार्यक्रम संयोजकले प्रदान गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षा तथा खेलप्रेमि ऋषि बिस्वकर्माले गर्नुभएको थियो ।